PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

गोर्खा सैनिक फिर्ताको माग गर्दै विरोध र्‍याली निकाल्ने १३ माओवादी कार्यकर्ता पक्राउ



पहिलोपोस्ट

काठमाडौं : गोर्खा सैनिक फिर्ताको माग गर्दै विरोधमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
राजधानीको शान्तिवाटिकाबाट विरोध र्‍याली निकाल्ने क्रममा प्रहरीले १३ कार्यकर्तालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी प्रद्युम्न कार्कीले बताए।
 
भारतमा रहेका गोर्खा सैनिकको फिर्ताको माग गर्दै विरोध र्‍याली निकाल्ने र लैनचौरस्थति भारतीय दूतावासमा पुगी ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताएका छन्।
 
पाकिस्तान र भारतको लडाइँमा गोर्खा सैनिकलाई प्रयोग गरेको र नेपाली युवाको मृत्यु भएको उनको भनाइ छ। कात्तिक १५ जने जम्मु काश्मिरमा मृत्यु भएका धरानका विमल तामाङको शव फिर्ता गर्न र मृतकका परिवारलाई आवश्यक क्षतिपूर्ति दिलाउन दबाब दिन लागिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell