PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

​रोहित सेट्टीको ‘गोलमाल अगेन’मा परिनीति चोपडा!



पहिलोपोस्ट

​रोहित सेट्टीको ‘गोलमाल अगेन’मा परिनीति चोपडा!

बलिउड निर्देशक रोहित सेट्टीले गोलमालको सिक्वेलमा नयाँ फेस ल्याउन चाहन्छन्। पछिल्लो रिपोर्टअनुसार परिनिती चोपडा उनको छनोटमा परेकी छिन्। बलिउडको सिक्बेलहरुमध्ये सबैभन्दा बलियो फिल्म रहेको गोलमालका लागि उनले सम्झौतासमेत गरिसकेकी छिन्।

त्यसो त गोलमालको चौथो संस्करणमा आलिया भट्ट र श्रद्धा कपुरको नाम चर्चामा आएको थियो। यी दुईमध्ये एक लिडिङ लेडीका रुपमा फिल्ममा रहने बताइएको थियो। तर, यी दुवैलाई परिनितीले विस्थापित गरिन् र रोल कब्जा गरिन्।

त्यसो त रोहित सेट्टीले फिल्मका लागि परिनिती र श्रद्धा दुवैसाग कुरा गरेका थिए। श्रद्धा कपुरले केही समय व्यस्त भएको जनाइन जवकि भेटमा परिनितीले तत्कालै डिसिजन सुनाइन्। रोहित सेट्टीको निर्देशकीय ब्रान्ड भ्यालु यति हाइ छ कि परिनितीले नकार्ने कुरै भएन।

तर स्रोत भन्छ – रोहितले परिनितीलाई यसबारे गुपचुप नै रहन भनेका छन्। परिनितीलाई रोहित फरक हिसाबले लन्च गर्ने तयारीमा रहेको आंकलन बलिउडमा हुन थालेको छ। गोलमाल अगेन एक महिनापछि फ्लोरमा जाने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell