PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन ह्येले भनिन्- 'स्क्यान्डल मेरै गल्ती थियो'



पहिलोपोस्ट

दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन ह्येले भनिन्- 'स्क्यान्डल मेरै गल्ती थियो'

दक्षिण कोरियाली राष्ट्रपति पार्क गेउन ह्येले राजनीतिक स्क्याण्डलले आफ्नो 'हर्टब्रोकन' भएको बताएकी छिन्।
 
शुक्रबार टेलिभिजन सम्बोधनका क्रममा पार्कले उक्त स्क्याण्डलको सम्पूर्ण उत्तरदायित्वले आफू लिने र अनुसन्धानका लागि स्वागत गर्ने बताइन्। 'स्क्याण्डलपछि मेरो मनमा एकदमै ठूलो उत्तरदायित्वबोध भइरहेको छ,' आफ्नो पदलाई धरापमा पार्ने स्क्याण्डलबारे टेलिभिजन सम्बोधनमा पार्कले भनिन्, 'यो सबै मेरो गल्ती र भुल थियो।'
 
पार्क निकट रहेकी चोइ सुन सिलको राजनीतिक दस्तावेजसँग पँहुच रहेको र यस घटनाको बारेमा अनुसन्धान गर्नका लागि आफूले सहयोग गर्ने उनले बताएकी हुन्। 'मैले व्यक्तिगत सम्बन्धलाई एकदम धेरै विश्वास गरेँ र के भइरहेको छ त्यसमा धेरै ध्यान दिइनँ,' पार्कले भनिन्।
 
चोइलाई आफ्नो अधीनमा रहेको 'नन प्रोफिट फण्ड'को लागि व्यवसाय गर्न पार्कसँगको मित्रतालाई प्रयोग गरेको शंका गरिएको थियो। चोइलाई सोमबार हिरासतमा राखिएको छ।
 
शक्तिको दुरुपयोग तथा छलकपट गरेको भन्दै चोइलाई पक्राउ पूर्जी जारी गरेका पब्लिक अफिसरको प्रस्ताव आफूहरुले स्वीकार गरेको सिओल सेन्ट्रल डिस्ट्रिक कोर्टले बिहीबार बताएको थियो। यस्तै पब्लिक अफिसरहरुले अफिसियल अनुसन्धानको बारेका आफूहरुले दायरा अझै फराकिलो बनाइरहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell