PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

आजको मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता ४ निर्णय



रासस

आजको मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता ४ निर्णय

काठमाडौं : निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा अर्थ मन्त्रालय, राजस्व सचिव राजन खनाल नियुक्त हुने भएका छन्। आजको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
 
यसैगरी बैठकले ख्वपः विश्वविद्यालयसम्बन्धी विधेयकलाई थप छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए।
 
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको उपेक्षित, उत्पीडित तथा दलित उत्थान विकास समितिको कार्यकारी निर्देशकमा डा बुद्धिबहादुर नेपालीलाई मनोनयन गर्ने पनि बैठकले निर्णय गरेको छ। साथै स्वास्थ्य मन्त्रालयअन्तर्गतका विकास समितिहरुका अध्यक्ष नियुक्तिका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell