PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

झकिझकाउ जानकी मन्दिरमा भारतीय राष्ट्रपति, हेर्नुस् १२ फोटोमा

झकिझकाउ जानकी मन्दिरमा भारतीय राष्ट्रपति, हेर्नुस् १२ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


जनकपुर : प्राचीन मिथिलाको राजधानी जनकपुर आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले यहाँको जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन्।
 
उनी नेपालको तीनदिने राजकीय भ्रमणको अन्तिम दिन जनकपुर आएका हुन्। यहाँ भारतीय राष्ट्रपतिले पूजा गर्नेमध्ये उनी तेस्रो हुन्। यसअघि राष्ट्रपति निलमसञ्जीवा रेड्डी र ज्ञानी जेल सिंहले पनि जानकी मन्दिरमा पूजा गरेका थिए।
 
मुखर्जीले जानकी मन्दिरको गर्भगृहमा महात्मा सुरकिशोर दासद्वारा प्रतिष्ठापित स्वर्णमयी जानकीजी र भगवान रामका मूर्तिको शास्त्रसम्मत विधिले विशष पूजा गरे।
 
यसअघि उनलाई जानकी मन्दिरका महन्त रामतपेश्वर दासले वैदिक र मैथिल संस्कृतिअनुसार स्वागत गरेका थिए। जनकपुरको कार्यक्रम सकेर मुखर्जी पोखरा गएका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell