काठमाडौं : देशका विभिन्न तीन स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
कैलालीको अत्तरिया नगरपालिका-१३ मा ना ४ ख ३८९२ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा सोही ठाउँका १३ वर्षीय सुरेश धामीको मृत्यु भएको हो। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै सिरहाको बडहरामाल-४ मा ना ५ ख ४८४७ नम्बरको बसले ९ वर्षीय रोशन मुखियालाई सडकमा खेलिरहेको अवस्थामा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ।
सर्लाहीको ढुङग्रेखोला-४ आर्दश चोकमा बा ९ च ८१६ नम्बरको पिकअप भ्यानले पैदल यात्रीलाई ठक्कर दिँदा उनको पनि ज्यान गएको छ। ढुङग्रेखोला-४ बस्ने २५ वर्षीय वीरेन्द्र मण्डललाई भ्यानले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।