PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच वन टु वन वार्ता



पहिलोपोस्ट

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच वन टु वन वार्ता

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधान संशोधनमा सहयोगका लागि प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। 

सभामुख ओनसरी घर्तीको सिंहदरबारस्थित कार्यकक्षमा भएको वन टु वन भेटमा प्रचण्डले संविधान संशोधन र निर्वाचनका विषयमा एकमत भएर अगाडि बढ्न प्रस्ताव राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।
 
भेटपछि आचार्यले भने – 'प्रमज्यूको आग्रहमा बैठक भएको हो। संविधान संशोधन लगायतका विषयमा छलफल भयो। प्रमुख दल सबै मिलेर संविधान कार्यान्वयन गर्ने र निर्वाचनको निम्ती अगाडि बढ्न प्रस्ताव प्रधानमन्त्रीले राख्नुभयो।'

उनले प्रधानमन्त्रीको आग्रहमा एमाले अध्यक्ष ओली सकरात्मक रहेको बताए। 

बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष ओलीले भने समसामयीक विषयमा छलफल भएको प्रतिक्रिया दिए। 

यसअघि तिहारमा पत्रकारहरुसँग भेट्दै प्रधानमन्त्री प्रचण्डले चार विषयमा संविधान स‌ं‌शोधनमा सहमति जुटाउन प्रयास भइरहेको जानकारी दिएका थिए-

१) सीमाङ्कन
वर्तमान संविधानमा रहेको सात प्रदेशको संख्या भित्रै रहेर केही हेरफेर गर्ने समझदारीमा केन्द्रित रही छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए। यस्तो छलफल सहमति नजिक रहेको पनि उनको दावी थियो। 

सीमाङ्कनसँगै संघीय आयोगको कार्यक्षे (टीओआर) मा पनि सहमति जुटाउने गठन गर्ने गरी कुराकानी भइरहेको उनले बताए। 

२) अनुसूचिमा भाषा राख्ने
संविधानको व्यवस्था अनुसार भाषा आयोग गठन भइसकेको र यसले दिने सुझावहरुका आधारमा नीति बनाई संविधानको अनुसूचिमा भाषाहरु राख्ने गरी सहमति जुटिरहेको प्रधानमन्त्रीले बताए। 

३) राष्ट्रिय सभामा प्रतिनिधित्व
संविधान अनुसार माथिल्लो सदन राष्ट्रिय सभामा प्रदेशहरुको प्रतिनिधित्व गर्दा जनसंख्याको आधारमा गर्ने गरी सहमति जुटाइँदैछ। त्यसका लागि प्रत्येक प्रदेशबाट ४ वा ३ सिट राखी बाँकी संख्या जनसंख्याका आधारमा तोक्ने तयारी भएको प्रधानमन्त्रीले जनाए। 

४) नागरिकता
मधेसकेन्द्रित दलहरुको अर्को प्रमुख चासोको विषय नागरिकताको रहेको छ। यसमा प्रधानमन्त्रीले धेरै कुरा नप्रष्ट्याए पनि अन्तरिम संविधानको मूल स्पिरिट अनुसार बनाउने सहमति जुट्दै गरेको जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell