PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

​रेडपान्डाको छाला तस्करी बढ्यो



पहिलोपोस्ट

काठमाडौं : केही समयदेखि दुर्लभ वन्यजन्तु रेडपान्डाको अङ्गप्रत्यङको चोरी सिकारी बढेको छ। शुक्रबारमात्र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले रेडपाण्डाको छालासहित सोलुखुम्बु टाक्सिन्दु गाविस बडा नम्वर १ बस्ने २० वर्षीय नविन राईलाई पक्राउ गरेको छ।

राईलाई प्रहरीले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १४ कपनबाट पक्राउ गरेको हो। हालसम्म केन्द्रीय अनुसन्धान व्युरोले ४० थान रेडपाण्डाको छाला सहित ५१ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। रेडपाण्डाको बजार मुल्य राम्रो नभए पनि अफवाहको आधारमा राम्रो मूल्य पाइन्छ भन्दै चोरी शिकारी हुने गरेको प्रहरीको भनाई छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार यस्तो अपराध गरेमा ४० हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म जरिवान वा एक वर्षदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell