PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

​को बन्नेछ 'द बेस्ट फिफा प्लेअर २०१६' ? यी हुन् २३ दाबेदार



पहिलोपोस्ट

​को बन्नेछ 'द बेस्ट फिफा प्लेअर २०१६' ? यी हुन् २३ दाबेदार

को बेस्ट खेलाडी बन्नेछ ? फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सन् २०१६ को बेस्ट फिफा मेन्स प्लेअरको लागि २३ खेलाडीको सूचि सार्वजनिक गरेको छ। 

अर्को वर्ष जनवरी ९ मा ज्युरिचमा हुने भव्य समारोहका बीच द बेस्ट फिफा फुटबल अवार्डमा सेरेमोनीमा विजेताको घोषणा गरिनेछ। यस वर्ष फिफाले कूल ८ विधामा बेस्ट अवार्ड वितरण गर्दैछ।

द बेस्ट फिफा मेन्स प्लेअर २०१६ को लागि नोमिनेसनमा परेका २३ खेलाडीहरु

सर्जियो अगुएरो, अर्जेन्टिना, म्यानचेष्टर सिटी
गारेथ बेल, वेल्स, रियल मड्रिड
जियानलुजी बफोन, इटली, युभेन्ट्स
क्रिस्टियानो रोनाल्डो, पोर्चुगल, रियल मड्रिड
केभिन डे ब्रुएना, बेल्जिया, म्यानचेष्टर सिटी
एन्टोनी ग्रिजमन, फ्रान्स, एथ्लेटिको मड्रिड
ज्लाटन इब्राहिमोभिक, स्वीडेन, म्यानचेष्टर युनाइटेड
आन्द्रेज इनेस्टा, स्पेन, बार्सिलोना
एन गोलो कान्टे, फ्रान्स, लेस्टर सिटी
टोली क्रुस, जर्मनी, रियल मड्रिड
रोबर्ट लेवान्डास्की, पोल्याण्ड, वायर्न म्युनिख
रियाद महरेज, अल्जेरिया, लेस्टर सिटी
लियोनल मेसी, अर्जेन्टिना, बार्सिलोना
लुका मोडरिच, क्रोएसिया, रियल मड्रिड
मानुएल नोए, जर्मनी, वायर्न म्युनिख
नेमार, ब्राजिल, बार्सिलोना
मेसुट ओजिल, जर्मनी, आर्सनल
दिमित्री पायट, फ्रान्स, बेस्टहम युनाइटेड
पउल पोग्वा, फ्रान्स, म्यानचेष्टर युनाइटेड
सर्गियो रामोस, स्पेन, रियल मड्रिड
एलेक्सिस सान्चेज, चिली, आर्सनल
लुइस स्वारेज, उरुग्वे, बार्सिलोना
जेमी भार्डी, इंगल्याण्ड, लेस्टर सिटी

फिफाले यसअघि बेस्ट वुमन्स प्लेअर, बेस्ट मेन्स कोच र बेस्ट वुमन्स कोचको नोमिनेसन सार्वजनिक गरिसकेको छ। चारै विधाको लागि आजैबाट भोटिङ सुरु हुनेछ र नोभेम्वर २२ मा बन्द हुनेछ।

यस्तै फिफा फिपप्रो वर्ल्ड ११ को लागि केही समयपछि नै ५५ जनाको नाम रिलिज गरिने फिफाले जनाएको छ।

यसबाहे फिफा फेयर प्ले अवार्ड, फिफा पुस्कास अवार्ड र फिफा फ्यान अवार्डको पनि घोषणा गरिनेछ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell