PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

चीनको 'भविष्यवक्ता राजा' बाँदरको भविष्यवाणी- अमेरिकी राष्ट्रपतिमा ट्रम्पले जित्ने



पहिलोपोस्ट

चीनको 'भविष्यवक्ता राजा' बाँदरको भविष्यवाणी- अमेरिकी राष्ट्रपतिमा ट्रम्पले जित्ने

साङघाई (चीन) : चीनको 'भविष्यवक्ताको राजा' भनेर चिनिने एक बाँदरले अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्पको विजय हुने भनेर सङ्केत गरेको यहाँको एक पर्यटकीय पार्क प्रशासनले जनाएको छ।
 
गेडा नामक उक्त बाँदरले यसअघि युरोपियन फुटबल च्याम्पियनसिपमा कुन देशले जित हात पार्छ भनी सोधिएको प्रश्नमा सही भविष्यवाणी गरेको थियो। 
 
गेडाको अर्थ स्थानीय भाषामा मनोरञ्जन भए पनि उक्त अलौकिक जनावरले सन् २०१० को विश्वकप फुटबलका धेरै प्रतिस्पर्धामा को विजयी हुन्छन् भनेर सोधिएको प्रश्नमा सही विजेता छान्न सफल भएको थियो।
 
पहेँलो सर्टमा सिङ्गारिएको उक्त 'भविष्यवक्ता बाँदरराजा'का अगाडि दुई वटा केराका टुक्रा अमेरिकी राष्ट्रपति प्रतिस्पर्धामा रहेका डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनको प्रतीकका रुपमा राखिएको थियो। बाँदरले दुई टुक्रामध्ये ट्रम्पको प्रतीक मानिएको केराको टुक्रालाई उठाएर निर्णय दिएको थियो।
 
बाँदरले निर्णय दिनुभन्दा पहिले केही बेर ध्यानपूर्वक केराका टुक्रा नजिक बसेको र ट्रम्पको प्रतीक बनाई राखिएको केराको टुक्रालाई उचालेर भविष्यवाणी गरेको सियाङ हु इकोलोजिकल टुरिजम पार्कले आफ्नो वेबसाइटमार्फत जारी गरेको विज्ञप्तिमा जनाइएको छ।रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell