PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

​एसियन र्‍याङ्किङ लनटेनिस खेल्न अभिलाषा विष्ट हैदराबाद प्रस्थान



पहिलोपोस्ट

​एसियन र्‍याङ्किङ लनटेनिस खेल्न अभिलाषा विष्ट हैदराबाद प्रस्थान

काठमाडौं : एटीएफ एसियन र्‍याङ्किङ टुर्नामेन्टमा सहभागी हुन नेपाली लनटेनिस खेलाडी अभिलाषा विष्ट शनिबार भारतको हैदराबाद प्रस्थान गरेकी छन्।

नोभेम्बर ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा अभिलाषाले यु–१४ उमेर समूहमा सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछिन्। डबल्समा अभिलाषाले प्रतियोगितामा सहभागी हुन अन्य विदेशी खेलाडीलाई पार्टनरका रुपमा लिनेछिन्।

प्रतियोगितामा नेपालसहित अमेरिका, भारत, मलेसिया, पाकिस्तान र हङकङको सहभागिता रहने छ।

अभिलाषासँग नेपालसँगै मलेसिया, थाइल्यान्ड, भारत र श्रीलंकामा भएको विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ। 

अभिलाषाले केही महिनाअघि नेपालमै भएको केशा ग्रुप एएनएलटीए एसियन जुनियर यु–१४ र्‍याङ्किङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को सिंगल्समा रजत पदक जितेकी थिइन्। 

त्यस्तै, श्रीलंकाको कोलम्बोमा अक्टोबर ३ देखि ७ तारिखसम्म भएको एसियन र्‍याङ्किङ टेनिस टुर्नामेन्टको सर्किट १ मा विदेशी खेलाडीसँग मिलेर अभिलाषाले डबल्समा स्वर्ण जितेको अभिलाषाका बुबा एवं अखिल नेपाल लनटेनिस संघका सदस्य अजय विष्टले जनाएका छन्।

अभिलाषालाई लनटेनिस संघका केन्द्रीय उपाध्यक्ष केशवराज पाण्डेले सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शनिबारै बिदाइ गरे। अजय विष्ट पनि अभिलाषासँगै हैदराबाद जानेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell