PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

बच्चा जन्माएर खेतमा गाड्ने ३१ वर्षीया महिला पक्राउ



पहिलोपोस्ट

फलेवास (पर्वत) : पर्वत लिमिठाना –८ चिर्दीखोलास्थित खेतमा गाडिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ।
 
स्थानीय गोपाल क्षेत्री भनिने कुलबहादुर क्षेत्रीको खेतमा नवजात शिशुको शव  भेटिएको हो ।
 
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार क्षेत्रीकी श्रीमती ३१ वर्षीया मीनाले बच्चालाई जन्म दिई हत्या गरी गाडेको खुल्न आएको छ।
 
हत्याको आशङ्कामा अनुसन्धानका लागि मीनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शिशुको शव स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पाताल पर्वतमा पठाइएको प्रहरीले जनाएको छ।
 
घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक दीपक पातीलले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell