PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

महाअभियोग प्रस्तावलाई प्याकेजमै लगेर राजनीतिक बनाउनु हुन्न : एमाले सचेतक ढकाल



पहिलोपोस्ट

पथरी (मोरङ) : नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले संविधान संशोधन तथा अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव प्याकेजमा लगेर राजनीतिक गर्न नहुने बताएका छन्।
 
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले अख्तियार प्रमुख कार्कीको महाअभियोग र संविधान संशोधनको विषय फरक भएकालै एकै ठाउँमा राखेर हेर्न नहुने धारणा राखे।
 
'संसदमा पेस भएको अख्तियार प्रमुखको महाअभियोग प्रस्ताव पारित हुन्छ,' उनले भने।
 
सचेतक ढकालले ११ सदस्यीय महाअभियोग समितिले काम थालिसकेको तथा त्यसबारेमा २५ गते बस्ने संसद् बैठकबाट छलफल सुरु हुने भएकाले महाअभियोग प्रस्तावको बारेमा निर्णय हुँदैन भन्नु अत्युक्ति नहुने तर्क गरे।
 
दलबीचमा भएका छलफल र सहमतिबाट नै महाअभियोगको निर्णय हुने उनको भनाइ छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell