PahiloPost

May 24, 2026 | १० जेठ २०८३

छठ नजिकिएपछि नरिवल र फलफूलको कारोबारमा वृद्धि, मूल्य समेत बढ्यो



रासस

इनरुवा : सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न ठाउँमा नरिवल र अन्य फलफूलको कारोबारमा वृद्धि भएको छ।
 
छठ पर्वका अवसरमा उपयोग गरिने नरिवल, उखु, मुला, कागती, सुन्तला, सख्खरका साथै बाँसबाट बनेको नाङ्लो, कोनियाँ र माटोको भाँडाकुडा लगायत समानको कारोबारमा वृद्धि भएसँगै यी समानको मूल्य बढेको छ। मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन्।
 
अहिले बजारमा प्रतिगोटा रु ७० देखि एक सयसम्ममा नरिवलको खरिद बिक्री भएको नरिवल व्यापारी राजेन्द्र शर्माले बताए। तिहारमा समेत नरिवल बिक्री बढी भएकाले छठपर्वमा यसको मूल्य अकासिएको व्यापारीहरुको भनाइ छ।
 
सुनसरीमा वार्षिक रुपमा तिहार र छठमा रु ५० लाखभन्दा बढीको नरिवल कारोबार तथा खरिद बिक्री हुने गरेको व्यापारीहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell