PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

छठ पर्वको आज दोस्रो दिन, खरना मनाइँदै



पहिलोपोस्ट

छठ पर्वको आज दोस्रो दिन, खरना मनाइँदै

काठमाडौं : आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ।
 
जीवनपद्धति र विशिष्ठतालाई प्रतिविम्बित गर्ने छठपर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ।
 
खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गर्दछन्।
 
बेलुकी पख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सखर, दूध र चामलको खीर पकाइन्छ।
 
सो खीर केराको पातमा राखेर छठीमातालाई चढाइन्छ र चढाइएको खीरलाई व्रतीले प्रसाद ग्रहण गर्छन्।
 
यस पर्वको विधि चतुर्थीदेखि नै सुरू हुन्छ। चतुर्थीका दिन व्रतालुले शुद्ध शाकाहारी भोजन गर्ने गर्छन्, जसलाई अरबा अरबाइन र नहा खाय अर्थात् नुहाएर खानु भनिन्छ। पञ्चमीका दिन गोबरले घर–आँगन लिपपोत गरी पवित्र भई दिनभरि उपवास बसेर साँझपख शुद्ध दूधमा खीर पकाई, केरा, मिष्ठान्न, फलफूल इत्यादि प्रसाद चन्द्रमालाई अर्पण गरी व्रतालुले आफू पनि ग्रहण गर्ने गर्दछन्, यसलाई खरना भनिन्छ।
 
शुद्धता र आपसी सद्भावका रूपमा प्रचलित छठपर्व तराई भेगका साथै देशका विभिन्न स्थानमा हर्षोल्लासपूर्वक मनाउने तयारी अन्तिम चरणमा पुगेको छ। फोटो : रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell