PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

नेतृ सुजाता कोइरालाको ब्रेस्टको 'बायप्सी' चेक, रिपोर्ट आउँन बाँकी



पहिलोपोस्ट

नेतृ सुजाता कोइरालाको ब्रेस्टको 'बायप्सी' चेक, रिपोर्ट आउँन बाँकी

काठमाडौं : कांग्रेस नेतृ तथा पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको ब्रेस्टको बायप्सी गरिएको छ। गतहप्ता मलेसिया भ्रमणका क्रममा उनलाई केही असहज भएपछि अस्पतालमा परीक्षण गराउँदा डाक्टरको सल्लाहअनुसार बायप्सी परीक्षणका लागि उनले नमुना दिएकी हुन्।
 
मलेसियाको कुन अस्पतालमा परीक्षण गराएको भन्ने जानकारी नदिइए पनि त्यो अस्पतालले बायप्सीका लागि लिएको नमुना सिंगापुरको एक अस्पताल पठाएको छ। भोलि वा पर्सिभित्र बायप्सी रिपोर्ट आउने भएकाले यही हप्ता कोइराला पुन: मलेसिया जाँदैछिन्।
 
आइक्याप सम्मेलनपछि मलेसियाबाट नेपाल फर्कन लागेकी कोइरालाले केही असहज महसुस गरेपछि त्यहीँ स्वास्थ्य परीक्षण गराएकी थिएन्। उनी एक हप्ताअघि नेपाल फर्कीएकी हुन्।
 

कस्तो छ कोइरालाको अवस्था?

कोइरालाका एक सहयोगीका अनुसार उनी अहिले अस्वस्थ छैनन् तर घरमै आराम गरिरहेकी छन्।
 
'उहाँको स्वास्थ्यमा त्यस्तो कुनै समस्या छैन तर पनि डाक्टरले केही समय आराम गर्नु भनेकाले भेटघाट गर्नुभएको छैन,' ती सहयोगीले पहिलोपोस्टसँग भने, 'मेडिकल साइन्समा कुनै पनि समस्या भएपछि अनेक आशंका हुन्छन्। त्यसकै भरमा समाचार लेख्दा त्यसले गलत सन्देश दिन सक्छ।' उनले समाचार सामग्री बनाउने भए प्रमाणित भएपछि मात्र बनाउन आग्रह पनि गरे।
 
'रोग हो वा होइन भनेर आफू स्पष्ट नहुँदै अनेक प्रश्नको जवाफ दिएर मानिस हैरान हुन्छ। त्यसैले समाचार लेख्नुअघि कम्तिमा पुष्टि हुन दिनुपर्ने हो,' उनले भने।
 
मेडिकल साइन्समा कुनै पनि परीक्षणको पूर्ण रिपोर्ट नआउँदासम्म रोग हो वा होइन भन्न मिल्दैन। तर कोइरालाको ब्रेस्टमा देखिएको समस्यामा डाक्टरले बायप्सी परीक्षण गरेकाले आशंका गरिएको क्यान्सर नै हो। तर उनलाई क्यान्सर भएको हो वा होइन रिपोर्टपछि मात्रै पुष्टि हुनेछ।
 
ती सहयोगीले मिडियामा आएका समाचारले स्वस्थ मानिसलाई पनि बिरामी बनाउने भन्दै पुष्टि भएपछि मात्र सामग्री पस्कन आग्रह गरे। 'उहाँ केही दिनपछि पुन: मलेसिया जाँदै हुनुहुन्छ,' उनले भने, 'रोग लागेको नलागेको भन्ने कुरा त्यसपछि मात्र प्रमाणित हुने हो।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell