PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

एकलौटी ढंगले महाधिवेशन गर्न लागिएको तरुण दल असन्तुष्ट समूहको आरोप



पहिलोपोस्ट

काठमाडौं : नेपाल तरुण दलको संस्थापन पक्षले एकलौटी ढंगले महाधिवेशन मिति तय गरेको भन्दै असन्तुष्ट पक्षले समानन्तर समिति गठन गर्ने चेतावनी दिएको छ।
 
शनिबार पत्रकार सम्मेलन गर्दै असन्तुष्ट पक्षहरुले ७५ वटै जिल्लाहरुको अधिवेशन विधिसम्मत ढंगले सम्पन्न गरेर मात्रै महाधिवेशन गर्नुपर्ने माग गरेको हो।
 
तरुण दलका वरिष्ठ केन्द्रीय सदस्य रमेश खरेलले चौथो महाधिवेशन एकताको महाधिवेशन भएकोले सबै तरुणहरुको भावनालाई समेट्नेगरी महाधिवेशन गर्नुपर्ने माग गरे। ‘महाधिवशेन पाँच पटक मिति तोक्दै स्थगित गर्ने काम गरिएको छ,' उनले भने, 'एकलौटी ढंगले महाधिवेशन गर्ने चेष्टा गरिए त्यो हामीलाई स्विकार्य हुनेछैन।’
 
उनले वर्तमान अध्यक्ष उदयशमशेर राणाले पोखरामा 'लुकेर पत्रकार सम्मेलन' गर्दै महाधिवेशनको नयाँ मिति तोकेकोमा कडा आक्रोश पोखेका छन्। एकलौटी ढंगले महाधिवेशन गरे आफूहरु त्यसलाई बहिष्कार गर्दै देशव्यापी रुपमा समानन्तर कमिटी गठन गर्ने पनि उनले चेतावनी दिए।
 
तरुण दलको चौथो महाधिवेशन मिति आउँदो २७, २८, २९ गते पोखरामा तय गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell