PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

'घामपानी'का निर्देशक लामा भन्छन्- 'छ्या भन्ने खालको बन्दैन'



पहिलोपोस्ट

'घामपानी'का निर्देशक लामा भन्छन्- 'छ्या भन्ने खालको बन्दैन'

काठमाडौं : रंग पत्रकार तथा फिल्म समीक्षक दीपेन्द्र लामाले आफूले निर्देशन गरेको फिल्म 'घामपानी' कसैले 'छ्या' भन्ने खालको नबन्ने दाबी गरेका छन्।
 
पहिलोपोस्टसँगको कुराकानीमा लामाले भने, 'व्यावसायिक रुपमा कस्तो हुन्छ थाहा छैन तर हेर्नेले कथा र प्रस्तुतिमा राम्रै प्रतिक्रिया देलान्।'
 
फिल्म 'घामपानी'को सुटिङ सकिएको छ। फिल्मको पोस्ट प्रोडक्सनको काम पनि सुरु भइसकेको उनले बताए।
 
२०७४ बैसाख १ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्मको सबै छायांकन सिन्धुलीमा गरिएको हो। फिल्मका मुख्य कलाकार दयाहाङ राईको जन्मदिन र नयाँवर्षको अवसर पारेर फिल्म रिलिज गर्ने निर्माण युनिटले बताएको छ।
 
फिल्ममा दयाहाङसँगै केकी अधिकारी पनि देखिनेछिन्। अन्तरजातीय प्रेम र त्यसले निम्त्याउने अप्ठेराहरु नै फिल्मको मुख्य विषय हो।
 
'सामाजिक संरचनाका कारण सिर्जना हुने परिस्थिति र बाध्यता फिल्ममार्फत देखाउने प्रयास हो। हालसम्मको काम राम्रो भएको छ,' निर्देशक लामाले भने।
 
उनको यो दोस्रो फिल्म हो। यसअघि उनको निर्देशन रहेको 'नागबेली'ले खासै व्यावसायिक सफलता हात पार्न सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell