PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

४३ लाख मूल्य बराबरको लागुऔषध नष्ट



पहिलोपोस्ट

४३ लाख मूल्य बराबरको लागुऔषध नष्ट

वीरगन्ज : पर्सा प्रहरीले करिब ४३ लाखको लागुऔषध नष्ट गरेको छ। गतवर्षको माघदेखि हालसम्म बरामद गरिएका बेवारिसे तथा पर्सा जिल्ला अदालतबाट फैसला भइसकेको ठूलो परिमाणमा लागुऔषध नष्ट गरेको हो।
 
प्रहरीले २९ लाख ८८ हजार मुल्य बराबरको गाँजा, साढे ५५ हजारको खैरो हेरोइन, ४ लाख ९ हजारको इन्जेक्शन (९२९ थान फेनारगन, १०८३ थान नुर्फिन, २१९० थान लोराजपाम र १६७१ थान डाईजापाम), ८ लाख १४ हजारको २० किलो चरेस बनाउने धुलो, १७ सयको १७ बोत्तल कोरेक्स, १३ सयको ९९ वटा नाइट्रो भेट ट्याबलेट र साढे ५ सय मूल्य बराबरको स्पास्पो प्रोक्सिमान २६ थान नष्ट गरेको हो।
 
सरोकारवालाहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालय पर्साको पूर्वपट्टि रहेको खाली जग्गामा आगो लगाई नष्ट गरिएको पर्साका प्रहरी प्रवक्त डिएसपी चक्रराज जोशीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell