PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

लाइभ : सोलिडारिटी कपमा नेपाल र टिमोर लेस्टेबीचको खेल



पहिलोपोस्ट

लाइभ : सोलिडारिटी कपमा नेपाल र टिमोर लेस्टेबीचको खेल

एएफसी सोलिडारिटी कप फुटबल अन्तर्गत मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा नेपालले पहिलो खेल टिमोर लेस्टेविरुद्ध खेलिरहेको छ।

समूह ए मा रहेको नेपालले लेस्टेविरुद्ध खेल जिते समूहमा एक खेल खेल्नुअघि नै सेमिफाइनलमा स्थान पक्का गर्नेछ। समूह ए मा ३ टोली मात्र रहेको र लेस्टे यसअघि भएको खेलमा ब्रुनाईसँग पराजित भइसकेकोले नेपालको लागि अन्तिम ४ मा स्थान बनाउन जित पर्याप्त हुनेछ। 

उद्घाटन खेलमा लेस्टे ब्रुनाईसँग ४-० ले हारेको थियो। लेस्टेसँग बराबरी भए वा पराजित भए नेपालले सेमिफाइनल प्रवेशका लागि आगामी मंगलबारसम्म कुर्नुपर्नेछ। मंगलबार नेपालले दोस्रो खेलमा ब्रुनाईसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि भएको दुवै भिडन्तमा नेपालले टिमोर लेस्टेलाई पराजित गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell