PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

मुखर्जीलाई मा‌ओवादी नेता विप्लवको प्रश्न– 'नेपाल भारत सम्बन्धमा 'विशेष' के छ?'



पहिलोपोस्ट

मुखर्जीलाई मा‌ओवादी नेता विप्लवको प्रश्न– 'नेपाल भारत सम्बन्धमा 'विशेष' के छ?'

काठमाडौं : नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल र भारतबीच विशेष सम्बन्ध रहेको धारणाको खण्डन गरेका छन्।
 
राजधानीमा शनिबार आयोजित भेलामा उनले मुखर्जीको धारणाको खण्डन गर्दै प्रश्न गरे, 'नेपाल र भारतको सम्बन्धमा विशेष के छ?'
 
उनले भारतीय राष्ट्रपतिको भ्रमणमा सरकारले नै नेपाल बन्द गरेको आरोप समेत लगाए। 'सरकारले बिदा किन दियो? त्यो नेपाल बन्द त हो,' उनले प्रचण्डलाई समेत बिदा दिनुको कारण थाहा नभएको बताए।
 
'उहाँले विद्याजीलाई सोध्नुपर्छ भन्नुभयो, विद्याजीले यो त कार्यकारी प्रधानमन्त्रीबाटै भएको हो भन्नुभयो,' विप्लवले टिप्पणी गरे, 'आएका मान्छेले भने धन्यवाद छ, नेपाल र भारतको विशेष छ। कसरी विशेष छ के विशेष छ?'
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा र राष्ट्रपति मुखर्जी आउँदा भन्ने कुरा एउटै 'विशेष' हुने गरेको उनले बताए। 'विशेषभित्र नेपाललाई हाम्रो वरिपरि घुम्ने बनाउनुपर्छ भन्नेछ,' उनले भने, 'विशेष शब्दमा स्वाधीनता र सम्मान छैन।'
 
विप्लवले भारतको संविधान नेपालको अन्तरिम संविधान जत्तिको पनि नभएको तर्क गर्दै भारतद्वारा निर्देशित भएर नेपालको समस्या समाधान हुन नसक्ने जिकिर गरे।
 

हतियार उठ्छ कहिले?

विप्लवले आफूलाई पत्रकारहरुले 'हतियार कहिले उठाउनुहुन्छ' भन्दै प्रश्न गर्ने गरेको सुनाए। साथै उनले हतियार उठाउने भन्दा पनि स्वाधीताको प्रश्न ठूलो रहेको उनको भनाइ छ।
 
'हतियार उठाउने कुरा भ्रम हो, सत्य होइन', उनले भने, 'साठी वर्षदेखिको राजनीतिक धोका, बेइमानीलाई परास्त गर्ने प्रतिरोध गर्ने विषय हो। यो युद्धको कुरा होइन।'
 
विप्लवले माओवादी नेतृत्वले जनताको मुद्दामा आत्मसमर्पण गरेकाले मधेसमा आन्दोलन भएको र थारुहरुले विद्रोह गरेको बताए। कांग्रेस र एमाले लगायतका शक्तिले नेपालको राजनीति अब अगाडि बढाउन नसक्ने उनको टिप्पणी छ।
 
कांग्रेस कसैको भरौटेको रुपमा रहेको टिप्पणी गर्दै उनले एमाले पनि भित्रभित्रै गुम्सिएको र नेतृत्वका लागि तयार नभएको आरोप लगाए।
 
बाउ चोर भएको अवस्थामा सन्तानलाई समेत 'चोरको सन्तान'को आरोप लाग्ने गरेको उल्लेख गर्दै विप्लवले विगतमा माओवादी नेतृत्वले गरेको भूलबाट आफ्नो पार्टी अलग रहेको बताए। 'तर हामीले लागेको धुलो टक्टक्याउनुपर्छ,' उनको भनाइ थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell