PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

एसिसी वुमन्स एसिया कपको ड्र सार्वजनिक, नेपालको पहिलो खेल पाकिस्तानसँग



पहिलोपोस्ट

काठमाडौँ : अगामी २६ नेभेम्वरदेखि डिसेम्वर ४ मसिर ११ देखि सुरु हुने एसीसी वुमन्स एसिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।
 
एसियाली क्रिकेट परिषद् एसीसीले सार्वजनिक गरेको ड्र अनुसार नेपालले अफ्नो पहिलो खेलमा टेस्ट खेल पाकिस्तानसँग खेल्नेछ।
 
थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालसहित कुल ६ राष्ट्रको सहभागिता रहनेछ। हङकङमा भएको विश्वकपको एसियाली छनोट प्रतियोगितामा उपविजेता बन्दै नेपाल एसिया कपको लागि छनोट भएको हो।
 
दोस्रो खेलमा नेपालले नोभेम्वर २८ मा श्रीलकासँग प्रतिस्पर्धा गर्नेछ। तेस्रो खेलमा नोभेम्वर २९ मा बंगलादेशसँग खेल्ने नेपालले चौथो खेलमा डिसेम्वर १ मा थाइल्याण्ड र पाँचौ खेलमा डिसेम्वर २ मा भारतसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell