PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

​फ्रान्सको शरणार्थी शिबिरबाट तीन हजार शरणार्थी हटाईदै



पहिलोपोस्ट

​फ्रान्सको शरणार्थी शिबिरबाट तीन हजार शरणार्थी हटाईदै

पेरिस : फ्रान्सको राजधानी पेरिसबाट नजिकै पर्ने उत्तरपुर्वी क्षेत्रमा रहेको शरणार्थी शिविरबाट झण्डै ३ हजार जना शरणार्थीलाई हटाउन थालिएको छ। 

पेरिसको आधिकारीक निकायले शुक्रबार विहानदेखि उनीहरुलाई हटाउने अभियान सुरु गरेको अधिकारीहरुले जानकारी दिएका छन्। 

क्यानल सैण्ट मर्टिनमा रहेको ओभरहेड व्रिजबरीपरी बस्दै आएकाहरुलाई हटाउन शान्तिपूर्वक प्रक्रिया अगाडी बढाइएको अधिकारीहरुले जानकारी दिएका छन्। 

स्थानीय समय अनुसार विहान ६ बजे उनीहरुलाई हटाउन लागेका बेला सयौं पुरुष शरणार्थीहरु प्रहरीको पछि लागेका थिए। प्रहरीले शरणार्थीहरुलाई गाडीमा हालेर पेरिसकै अर्को ठुलो क्षेत्र इले—डी—फ्रान्समा लगेका थिए। 

'हामी कहा जाँदै छौं भन्ने नै हामीलाई थाहा भएन,' २८ बर्षका शरणार्थी खालीदले भने 'महत्वपूर्ण कुरा त यो छ की हामीसँग आवश्यक कागजपत्रहरु छन्, हामीलाई एक महिनालाई हुने पाल छ। यहाँ बस्न पनि राम्रो छ।' रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell