2.jpg)
एएफसी सोलिडारिटी कप फुटबलअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल टिमोर लेस्टेसँग बराबरीमा रोकिएको छ।
मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा शनिबार सम्पन्न खेलमा नेपाल लेस्टेसँग गोलरहित बराबरीमा रोकिएको हो।
खेलमा नेपालले गोल गर्ने केही राम्रो अवसर प्राप्त गरेपनि सदुपयोग गर्न सकेन।
बराबरीसँगै नेपालले १ अंक जोडेको छ। यसअघि पहिलो खेलमा ब्रुनाईसँग ४-० ले पराजित भएको लेस्टेको पनि १ अंक नै छ।
यदी नेपालले लेस्टेलाई पराजित गरेको भए ब्रुनाई विरुद्वको खेल अघि नै सेमिफाइनल प्रवेश गर्ने थियो। अब नेपालले ब्रुनाईसँग बराबरी गरे वा खेल जिते सेमिफाइनल प्रवेश गर्नेछ।
नेपालले आगामी मंगलबार दोस्रो खेलमा ब्रुनाईसँग प्रतिस्पर्धा गर्नेछ।