PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

क्लिन्टनको इमेल काण्ड उठाइएपछि ट्रम्पको पक्षमा सुधारात्मक परिणाम



पहिलोपोस्ट

क्लिन्टनको इमेल काण्ड उठाइएपछि  ट्रम्पको पक्षमा सुधारात्मक परिणाम

क्लेभल्याण्ड (अमेरिका) : संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका सशक्त दाबेदार डोनाल्ड ट्रम्प र हिलारी क्लिन्टनबीच आगामी शनिबार हुने निर्वाचन आआफ्ना चुनावी मुद्दालाई थप प्रभावकारी पार्दै अघि बढ्ने सार्थक प्रयास जारी छ।
 
यसै सिलसिलामा दुई प्रतिस्पर्धी र उनीहरुका शुभेच्छुकले निर्वाचनको अन्तिम तयारी स्वरुप चुनावी अभियानलाई थप सशक्त पारेका छन्।
 
ट्रम्पले क्लिन्टनलाई भ्रष्ट र अयोग्य घोषणा गरेपछि ट्रम्प पक्षधर पत्रपत्रिकामा क्लिन्टनको इमेल लगायतका काण्डलाई विशेष व्याख्या र आकर्षक बनाई छापिएका छन्।
 
राष्ट्रपतिका अर्का उम्मेदवार क्लिन्टनले आफ्नो चुनावी अभियानमा शनिबार वियोन्सजस्ता सुपरस्टार गायकल गायतका आफ्ना शुभेच्छुकलाई चुनावी अभियानमा ल्याइन्।
 
अमेरिकी सर्वेक्षणले शनिबारसम्म क्लिन्टनलाई अगाडि देखाए पनि उनको इमेल काण्डलाई एफबिआइले निर्वाचनको सङ्घारम आएर सशक्त उठाइदिँदा ट्रम्पप्रति यसअघि देखिएको समर्थनमा थप वृद्धि भएको छ।
 
क्लिन्टनले आफ्नो चुनावी अभियानलाई शुक्रबार र शनिबार क्लेभल्याण्ड, ओहायो, डेट्रोइट, मिचिगन क्षेत्रमा केन्द्रित बनाएकी छन्।एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell