PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा छठ महत्त्वपूर्ण : राष्ट्रपति भण्डारी



पहिलोपोस्ट

राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा छठ महत्त्वपूर्ण : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम रहोस् भनी कामना गरेकी छिन्।
 
'धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनको माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने अवसर जुटाइ राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्,' सन्देशमा भनिएको छ।
 
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको मौलिक पर्व छठको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना दिएका छन्।

संविधान कार्यान्वयनमा देखिएका असन्तुष्टिहरूलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट सम्बोधन गर्दै निर्धारित समयभित्र विभिन्न तहका निर्वाचन सम्पन्न गरेर संविधानलाई पूर्ण कार्यान्वयन गर्न एकताबद्ध भएर लाग्न पनि उनले आग्रह गरेका छन्।
 
प्रधानमन्त्री पुष्पकमल दाहालले पनि राष्ट्र निर्माणमा एकजुट भएर लाग्न छठले प्रेरणा प्रदान गरोस् भनेर शुभकामना सन्देश जारी गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले पनि धार्मिक सहिष्णुता कायम राख्न छठले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्दै पर्वका अवसरमा शुभकामना दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell