
एथ्लेटिको मड्रिड स्पानिस ला लिगामा रियल सोसिडाडसँग पराजित भएको छ। सोसिडाडसँग हारेसँगै एथ्लेटिको कम्तीमा २४ घण्टाका लागि शीर्ष स्थानमा उक्लने मौका गुमायो।
गएराति भएको खेलमा एथ्लेटिकोलाई सोडिाडले घरेलु मैदानमा २-० ले हरायो। सोसिडाडको जितमा दुवै गोल पेनाल्टीमा भएको थियो। सोसिडाडललाई सिजनको छैटौं जित दिलाउन कार्लो भेला र विलियन जोसले १/१ गोल गरे।
जितपछि सोसिडाड ११ खेलबाट १९ अंक जोड्दै छैटौं स्थानमा रहेको छ। पराजित एथ्लेटिको भने समान खेलबाट २१ अंकका साथ तेस्रो स्थानमै छ। एक खेल कम खेलेको रियल २४ अंकका साथ शीर्ष स्थानमा छ भने २२ अंक रहेको बार्सिलोना दोस्रो स्थानमा छ।
ला लिगा अन्तर्गत गएराति नै भएको अन्य खेलमा लस पलमस र अलाभेस पनि विजयी भएका छन् भने ग्रानाडा र डेपोर्टिभा ला कुरानाले बराबरी खेलेका छन्।
पस पलमसले आइवर अलाभेसले ओसासुनालाई समान १-० गोल अन्तरले हरायो।
पलमसको जितमा खेलको अन्त्यतिर जोनाथान भिएराले पेनाल्टी मार्फत निर्णायक गोल गरे। यस्तै अलाभेसको जितमा पनि क्रिस्टियन सान्तोसले पेनाल्टीमै गोल गरे।
जितपछि १६ अंक जोडेको लस पलमस सातौं तथा १३ अंक जोडेको अलाभेस १२ औं स्थानमा उक्लेको छ।
ला लिगा अन्तरगत अाज रियल मड्रिडले लेगानेससँग खेल्नेछ भने बार्सिलोनाले सेभियासँग प्रतिस्पर्धा गर्नेछ।