PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

भाइ विदेशमा रहेका बेला बन्चरो प्रहार गरी बुहारीको हत्या



पहिलोपोस्ट

भीमदत्तनगर : कञ्चनपुरको बेलौरी नगरपालिका–६ का ईश्वरी भट्टले ३५ वर्षीया बुहारी तुलसी भट्टलाई बन्चरो प्रहार गरी हत्या गरेका छन्।
 
आज बिहान करिब ४ बजे ईश्वरीले बुहारी तुलसीलाई गाईगोठमा बन्चरो प्रहार गरी हत्या गरेका थिए। घटनापछि उनी फरार रहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
 
जेठाजुको बन्चरो प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको थियो। मृतकका श्रीमान् धनी भट्ट रोजगारीको सिलसिलामा भारतमा छन्। जेठाजुले बुहारीको हत्या गर्नुको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान थालेको छ। प्रहरीले फरार भट्टको खोजी गरिरहेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell