PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

भारतमा मोदी प्रधानमन्त्री भएपछि गएको थियो नेपाली कुकुरको 'अच्छे दिन', फर्किएला यसपालि?



सविन ढकाल

भारतमा मोदी प्रधानमन्त्री भएपछि गएको थियो नेपाली कुकुरको 'अच्छे दिन', फर्किएला यसपालि?

काठमाडौँ : दुई वर्षअघि भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री हुँदा उनले त्यहाँका जनतालाई अब 'अच्छे दिन' आउने वाचा गरेका थिए। समय बित्दै जाँदा भारतीय जनताले अच्छे दिन आएको, नआएको समीक्षा गरिरहेका होलान् तर नेपाली कुकुरहरुको 'अच्छे दिन' भने उनी प्रधानमन्त्री भएपछि गएको थियो।  
 
मोदी प्रधानमन्त्री हुनुभन्दा पहिले भारतको मध्य प्रदेश राज्यको ग्वालियरमा रहेको नेशनल ट्रेनिङ सेन्टर फर डग्सबाट नेपाल प्रहरीको केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रलाई हरेक वर्ष कुकुर प्रशिक्षणको लागि कोटा आउने गरेको थियो। सो ट्रेनिङ सेन्टरमा म्यान्मारदेखि घाना, बंगलादेशसम्मका विदेशी कुकुर तथा कुकुर प्रशिक्षकहरुले तालिम लिन्थे। तर सबैभन्दा बढी अवसर नेपालीले नै पाएका थिए।

तर भारतमा मोदी प्रधानमन्त्री भएपछि प्रशिक्षणका लागि कोटा आउन बन्द गर्‍यो। त्यसो त निर्वाचनको प्रचार सुरु भएदेखि नै सेन्टरको बजेट काटिएको थियो। तर उनी प्रधानमन्त्री भएपछि पनि त्यो सुचारु भएन।  'अहिलेसम्म यो कोटा सुरु भएको जानकारी छैन,' नेपाल प्रहरी कुकुर तालिम केन्द्रका डिएसपी डा. प्रमोदराज भट्टले पहिलोपोस्टलाई जानकारी दिए।

भारतीय मिडियामा भने यही महिनाको अन्तिममा नेपाली कुकुरलाई भारतमा प्रशिक्षण दिने समाचार आएको छ। तर त्यो प्रशिक्षण त्यही पुरानो मध्य प्रदेशको केन्द्रबाट भने हुनेछैन।

क्याच न्युजका अनुसार केन्द्रीय गृह मन्त्रालयको अनुरोधमा पश्चिम बंगाल राज्य सरकारले नेपाली कुकुर र कुकुर प्रशिक्षकलाई स्वामी विवेकानन्द प्रहरी प्रशिक्षण एकेडेमीमा नोभेम्बर महिनाको अन्तिममा प्रशिक्षण दिन लागेको हो। 

समाचारमा गृह अधिकारीलाई उद्धृत गर्दै हेरोइन जस्ता ड्रग्सहरु अफगानिस्तानबाट पाकिस्तान हुँदै नेपाल आएको र नेपालबाट सीमापार गर्दै भारत र त्यहाँबाट अरु देशमा जाने गरेकोले त्यसलाई रोक्न बढीभन्दा बढी तालिमप्राप्त कुकुर आवश्यक पर्ने उल्लेख छ।
 
भारतीय मिडियामा प्रशिक्षणको समाचार आए पनि तालिम केन्द्रका डिएसपी भट्टलाई भने यसबारे कुनै जानकारी छैन। 'हामीलाई अहिलेसम्म यसबारे कुनै जानकारी दिइएको छैन', उनी भन्छन्।
 
भारतबाट अहिलेसम्म ४३ जनाले कुकर प्रशिक्षणको तालिम लिइसकेका छन्। भारतमा ९ महिना भन्दा बढी समयको कुकुर प्रशिक्षकको तालिम लिँदा कुकुरसमेत दिने गरिन्थ्यो। अहिल सम्म नेपाल प्रहरीलाई यसरी १५ वटा कुकुर आएका छन्।

सम्बन्धित समाचार
अनुसन्धानमा कुकुर : 'प्रहरीलाई भन्दा बढी विश्वास कुकुरलाई'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell