
बेलायती खेलाडी एण्डी मुरे विश्व टेनिस वरीयताको शीर्ष स्थानमा उक्लने पक्का भएको छ। पेरिस मास्टर्स टेनिसको फाइनलमा पुगेसँगै मुरे पहिलो पटक शीर्ष स्थानमा पुग्ने भएका हुन्।
वर्तमान विश्व वरीयताको शीर्ष स्थानमा रहेका सर्वियन खेलाडी नोभाक जोकोभिक यस अघि नै प्रतियोगिताबाट बाहिरिएसँगै मुरेको शीर्ष वरीयता उक्लने बाटो खुलेको थियो। तयसका लागि मुरे फाइनल पुग्नु जरुरी थियो।
मुरेसँग सेमिफाइनलमा भिड्न लागेका क्यानडेली खेलाडी मिलोस राओनिकले खेल त्यागेपछि मुरेको भाग्य चम्केको हो।
शनिबार हुने अमेरिकी जाने इसनर विरुद्को फाइनलमा जस्तो नतिजा आएपनि सोमबार आउने नयाँ वरीयतामा मुरे शीर्ष स्थानमा रहनेछन्। यस्तै मुरेले नोभाक विरुद्व ५ अंकको अग्रता समेत बनाउनेछन्।
२९ वर्षे मुरेले जोकोभिकको लगातार १२२ हप्ता शीर्ष स्थान समेत तोडेका छन्।
४३ वर्षअघि टेनिसको मोर्डन र्याङकिङ सुरु भएपछि मुरे विशव वरीयताको शीर्ष स्थानमा पुग्ने २६ औं खेलाडी हुने। यता महिला पुरुष कुनै पनि विधामा शीर्ष स्थानमा पुग्ने मुरे पहिलो बेलायती खेलाडी समेत बनेका छन्।
मुरेले अहिलेसम्म २ ग्राण्डसलाम टेनिसको उपाधि जितेका छन् भने ५ पटक युएस ओपन तथा एक पटक फ्रेन्च ओपनको फाइनलमा पुगेका थिए।