PahiloPost

Jun 9, 2025 | २७ जेठ २०८२

किन बढ्दैछ काठमाडौँसहित देशभर चिसो?



रासस

किन बढ्दैछ काठमाडौँसहित देशभर चिसो?

काठमाडौँ : वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यका सहित देशभर चिसो बढेको छ। 

अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। धुलोका कारण वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

उनका अनुसार अघिल्लो वर्ष कात्तिक २० गते काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यस पटक ८.४ पुगेको छ। शनिबारको तुलनामा आज ९.४ डिग्री सेल्सियस रहेको छ। 

“‘सिजनल इफेक्ट’ ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो, तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ,” – उनले भने। 

मौसमविद्का अनुसार अबको केही समयमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुनेछ। आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ देखि २५ डिग्री सेल्सियस पुग्ने महाशाखाले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell