PahiloPost

Mar 15, 2026 | १ चैत्र २०८२

​प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा, आर्सनल र टोटनहमले खेले बराबरी



पहिलोपोस्ट

​प्रिमियर लिग : लिभरपुल शीर्ष स्थानमा, आर्सनल र टोटनहमले खेले बराबरी

लिभरपुल इंगलिस प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। आइतबार भएको खेलमा वाटफोर्डलाई ६-१ गोल अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लेको हो। 

लिभरपुलले शानदार जित हात पारेको दिन आर्सनल र टोटनहमले बराबरी खेल्दै अंक बाँडेका छन्। बराबरीसँगै टोटनहमले यस सिजन अपराजित यात्रा कायम राखेको छ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई शानदार जित दिलाउन साडियो मानेले २ गोल गरे। यस्तै फिलिप काउटिन्हो, इम्रे कान, रोबर्टो फिर्मिनो र जर्जिनिओ विजनाल्डमलले १/१ गोल गरे।

वाटफोर्डका लागी डाएल जानमतले सान्त्वना गोल फर्काए। 

जितपछि लिभरपुललको ११ खेलबाट २६ अंक भएको छ। समान खेलबाट २५ अंक जोडेको चेल्सी दोस्रो स्थानमा झरेको छ।

अर्को खेलमा आर्सनलले घरेलु मैदानमा टोटनहमसँग १-१ गोलको बराबरी खेल्यो।

टोटनहमका केभिन विमरको आत्मघाती गोलमार्फत आर्सनलले पहिले अग्रता लिएपनि टोटनहका लागि ह्यारी केनले पेनाल्टीमा बराबरी गोल फर्काए।

जित हात पार्न नसकेपनि टोटनहमले यस सिजन अपराजित यात्रालाई कायम राखेको हो। टोटनहमको सिजनमा यो छैटौ बराबरी हो। ११ खेलमा ५ खेल जितेको टोटनहम २१ अंकसहित पाँचौं स्थानमा छ।

११ खेलबाट म्यानचेष्टर सिटी समान २४ अंक जोडेको आर्सनल चौथो स्थानमा छ भने गोल भिन्नतामा सिटी तेस्रो स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell