PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

२५ फोटोमा हेर्नुस् काठमाडौँमा छठ पूजाको दृश्य

२५ फोटोमा हेर्नुस् काठमाडौँमा छठ पूजाको दृश्य

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : छठ निकै कठिन पर्व हो। सामाजिक संस्कृतिका अभिन्न अङ्ग मानिएको छठ पर्वमा सत्य, अहिंसाप्रति मानव रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विशेषता रहेको छ। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही नै यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ।

केही वर्षदेखि राजधानीका विभिन्न स्थानका नदी र तलाउमा दुलही झैँ सिङ्गारी छठ हर्षोल्लासपूर्वक मनाउने क्रम बढ्दै गएको छ। यस वर्ष पनि श्रद्धालुले पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गरेका छन्। 

यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ। 

तलाउ कुण्डमा सरसफाइ गरी बत्तीको झिलीमिली गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिएको छ। सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रुपमा यो पर्व मनाइन्छ।

 हेर्नुस् इलिट जोशीले खिचेका २५ फोटो-


ट्रेन्डिङ पोस्ट

Ncell