
ज्लाटन इब्राहिमोभिकले करियरको ४ सयौं गोल पुरा गरेको दिन म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा जित हात पारेको छ।
स्वान्सी विरुद्को जितमा युनाइटेडका लागि २ गोल गर्दै इब्राहिमोभिकले ४ सयौं गोलको कोसेढुंगा पुरा गरेका हुन्।
उनै इब्राहिमोभिक र कप्तान वायन रुनीको प्रेरणदायी प्रदर्शनमा युनाइटेडले स्वान्सी सिटीलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो।21 mins - The 25,000th @PremierLeague goal ✔️
— Manchester United (@ManUtd) November 6, 2016
33 mins - His 400th club career goal ✔️
Records were made to be Zlatan'd#MUFC #SWAMUN pic.twitter.com/9tsR76lhcv
जितसँगै ११ खेलबाट १८ अंक जोडेको युनाइटेड छैटौ स्थानमा उक्लेको छ। समान अंक भएपनि गोल भिन्नतामा एभरटन सातौं स्थानमा झरेको छ।
टचलाइन ब्यानका कारण युनाइटेडका म्यानेजर जोसे मोउरिन्होले स्ट्याण्ड बाटै गेम हेरे।
लिबर्टी स्टेडियममा पउल पोग्वाले १४ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका हुन्। इब्राहिमोभिकले २१ औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे।
३३ औं मिनेटमा इब्राहिमोभिकले व्यक्तिगत दोस्रो गोल गरे। इब्राहिमोभिकले गरेको दुवै गोलमा कप्तान वायन रुनीले असिस्ट गरेका हुन्।
स्वान्सीका माइक भान डेर हुनले दोस्रो हाफमा एक गोल फर्काए।
इब्राहिमोभिकको पहिलो गोल पनि प्रिमियर लिगका लागि विशेष रह्यो। स्वान्सी विरुद्व इब्राहिमोभिकले गरेको पहिलो गोल प्रिमियर लिगको २५ हजारौं गोल थियो।
सन् १९९२ मा आधुनिक प्रिमियर लिगको सुरुवात भएपछिको २५ हजारौं गोल हो। सन् १९९२ अगस्ट १५ मा शेफिल्ड युनाइटेडका ब्राएन डिनले युनाइटेड विरुद् नै प्रिमियर लिगको पहिलो गोल गरेका थिए।
उक्त खेलमा डिनले नै पेनाल्टी मार्फत अर्को गोल गरेका थिए, जुन खेल युनाइटेडले २-१ ले हार्यो तर अन्त्यमा प्रिमियर लिगको पहिलो सिजनको च्याम्पियन युनाइटेड नै बन्यो।Zlatan Ibrahimovic scores the 25.000th goal in PL history. On 15 August 1992, Brian Deane (Sheffield Utd) scored the 1st against United.
— Gracenote Live (@GracenoteLive) November 6, 2016