PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

का‍ंग्रेस सभापति अब डा. शेरबहादुर देउवा, जेएनयुले दियो मानार्थ विद्यावारिधी



रासस

का‍ंग्रेस सभापति अब डा. शेरबहादुर देउवा, जेएनयुले दियो मानार्थ विद्यावारिधी

काठमाडौँ : नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधिबाट सम्मानित गरेको छ। 

नेहरु विश्वविद्यालयमा आज आयोजित विशेष समारोहमा उपकुलपति प्रा जगदेशकुमारले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको काँग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। 

यो उपाधिबाट सम्मानित हुने सभापति देउवा पहिलो नेपाली हुन्। यसअघि यो उपाधिबाट नोबेल पुरस्कार विजेता म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङ्सान सुकी र भारतका पूर्वराष्ट्रपति डा एपिजे अब्दुल कलाम सम्मानित भइसकेका छन्। 

सभापति देउवालाई नेहरु विश्वविद्यालयले प्रदान गरेको यो सम्मानप्रति काँग्रेसले विज्ञप्तिमार्फत् आज धन्यवाद व्यक्त गरेको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell