PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

डिफेन्डिङ च्याम्पियन लेस्टरको सिजनमा पाँचौ हार, अंक तालिकामा १४ औं स्थानमा



पहिलोपोस्ट

डिफेन्डिङ च्याम्पियन लेस्टरको सिजनमा पाँचौ हार, अंक तालिकामा १४ औं स्थानमा

डिफेन्डिङ च्यामिपयन लेस्टर सिटीले यस सिजनको प्रिमियर लिगमा पाँचौ हार बेहोरेको छ। आइतबार भएको ११ औं चरणको खेलमा खेलमा लेस्टर घरेलु मैदानमै वेष्टब्रोमिच अल्विओनसँग २-१ गोल अन्तरले पराजित भएको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा सबै ३ गोल भएको हो। ५२ औं मिनेटमा जेम्स मोरिसनले गोल गर्दै भ्रमणकारी टोली वेष्टब्रोमलाई अग्रता दिलाए। 

त्यसको ३ मिनेटपछि नै लेस्टर इस्मालीले गोल गर्दै १-१ को बराबरीमा पुर्‌याए। तर ७२ औं मिनेटमा म्याथ्यु फिलिप्सले गोल गर्दै वेष्टब्रोमलाई जित दिलाए।

हारपछि ११ खेलबाट १२ अंक मात्र जोडेको लेस्टर १४ औं स्थानमा झरेको छ। लेस्टरलाई हराउँदै ३ अंक जोडेको वेष्टब्रोम १३ अंक जोड्दै ११ औं स्थानमा उक्लेको छ।

यस्तै साउथह्याम्पटन एक गोलको अग्रता लिएर पनि हल सिटीसँग २-१ ले पराजित भएको छ। चार्ली अस्टिनले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए। तर रोबर्ट स्नोडग्रास र माइकल डवसनले दोस्रो हाफमा गरेको गोलमा हल २-१ ले विजयी भयो।

जारी सिजनमा हलको यो तेस्रो जित हो। जितका बाबजुत पनि १० अंक जोडेको हल रेलिगेशन जोनमै छ। हल पुछारबाट तेस्रो स्थानमा छ।
यता ११ खेलबाट १३ अंक रहेको साउथह्याम्पटन १० औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell