PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

​बार्सिलोनाको 'कमब्याक भिक्ट्री'मा मेसी र सुवारेजको गोल, रियलको सहज जित



पहिलोपोस्ट

​बार्सिलोनाको 'कमब्याक भिक्ट्री'मा मेसी र सुवारेजको गोल, रियलको सहज जित

लियोनल मेसीले प्रेरणादायी प्रदर्शन मद्वतमा बार्सिलोनाले स्पानिस ला लिगामा सेभियालाई २-१ ले पराजित गरेको छ। 

गएराती भएको खेलमा बार्सिलोनाले १ गोलको पछि परेको स्थिती उल्टाउँदै सेभियालाई पराजित गरेको हो। बार्साको जितमा कप्तान लियोन मेसी र लुइस सुवारेजले गोल गरे।

खेलको १५ औं मिनेटमा घरेलु मैदानमा भिटोलोले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय टिकेन। ४३ औं मिनेटमा लियोनल मेसीले गोल गर्दै खेल पहिलो हाफमै बराबरीमा पुर्‌याए। 

सेभियाका गोलरक्षक सर्जी रिकोले बार्सिलोनाका खेलाडीहरुको आक्रमणमा उत्कृष्ट बचाउ गरेपनि बार्साले दोस्रो हाफमा एक गोल थप्दै जित हासिल गरेको हो। ६१ औं मिनेटमा मेसीको पासमा सुवारेजले गरेको गोल निर्णायक बनेको थियो।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दुरी २ अंकमा छोट्याएको छ। बार्सिलोना ११ खेलबाट २५ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ।

बार्सिलोनाले  कठिन जित हात पार्नुअघि रियलले लेगानेसलाई ३-० ले पराजित गरेको थियो। रियलको सहज जितहमा गारेथ बेलले २ तथा अल्भारो मोराटाले १ गोल गरे। 

जितपछि ११ खेलबाट २७ अंक जोडेको रियल शीर्ष स्थानमा छ। गएराती नै भएको अर्को खेलमा रियल बेटिसलाई २-० ले हराउँदै भियारियाल अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। 

भियारियालको जितमा मानुएल ट्रिगुएरस र रोबर्टो सोरियानोले गोल गरे। जितसँगै भियारियालको ११ खेलबाट २२ अंक भएको छ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell