PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

देशभर चिसो बढ्यो, पानी नपरे पहाडी भेगमा दृश्यता कमजोर हुने



पहिलोपोस्ट

देशभर चिसो बढ्यो, पानी नपरे पहाडी भेगमा दृश्यता कमजोर हुने

काठमाडौं : उपत्यकासहित देशभर नै चिसो प्रभाव विस्तार भएको छ। वायुमण्डलको प्रभावका कारण चिसो बढेको मौसमविद्हरु बताउँछन्।
 
धुवाँधुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद् मीनकुमार अर्याल बताउँछन्। अघिल्लो वर्ष कात्तिक २० गते काठमाडौंको न्युनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यस पटक ८.४ पुगेको छ। शनिबारको तुलनामा आइतबार ९.४ डिग्री सेल्सियस रहेको थियो। अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ।
 
अबको केही समयमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुने अर्यालले बताए। ‘सिजनल इफेक्ट’ले न्युनतम तापक्रममा तलमाथि भइरहेको हो,' उनले भने, 'तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ, दिउँसोपख घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell