PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

कमलपोखरीमा उदाउँदो सूर्यलाई यसरी दिइयो अर्घ्य, हेर्नुस् ७ फोटोमा

कमलपोखरीमा उदाउँदो सूर्यलाई यसरी दिइयो अर्घ्य, हेर्नुस् ७ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : तराईमा विशेष उल्लासपूर्वक मनाइने छठ पहाडमा पनि विस्तार हुँदैछ। आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन भएको छ। उपत्यकाका विभिन्न नदीकिनार तथा ठूला पोखरीमा पनि छठ भव्यताका साथ मनाइयो।
 
चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन हुन्छ। अर्घ्यमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ।
 
सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ।
 
समर्थ रञ्जितले काठमाडौंको कमलपोखरीमा आज बिहान छठको समापन दृश्यलाई यसरी खिचेका छन्-


ट्रेन्डिङ पोस्ट

Ncell