PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

लोडसेडिङ हटाउनेगरी योजनाको मूर्त खाका ल्याउन प्राधिकरण निर्देशकलाई प्रमको निर्देशन



पहिलोपोस्ट

लोडसेडिङ हटाउनेगरी योजनाको मूर्त खाका ल्याउन प्राधिकरण निर्देशकलाई प्रमको निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आफूले यसअघि राखेको ‘काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने’ योजनाको मूर्त खाका ल्याउन निर्देशन दिएका छन्।
 
काठमाडौं उपत्यकालाई तत्कालै लोडसेडिङ मुक्त गर्ने आफ्नो संकल्प भएकोमा जोड दिँदै प्रधानमन्त्रीले अब उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था गर्न र कुनै अप्ठ्यारो परे सरकारसँग सहयोग माग्न निर्देशन दिए। ‘काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङ मुक्त बनाउने मेरो संकल्प पूरा हुँदैछ, यसमा म खुसी छु,' निर्देशक घिसिङसँगको कुराकानीमा उनले भने, 'अबदेखि उपत्यकामा कहिल्यै बत्ती नजाने गरी आवश्यक व्यवस्था गर्नुस्, अप्ठ्यारा के छन्? सरकारलाई भन्नुस्, सरकार सबै किसिमको सहयोग गर्न तयार छ।’
 
देशलाई लोडसेडिङ मुक्त गर्ने कार्ययोजना तयार गर्न, विद्युत् चोरी, बक्यौता नतिर्ने जस्ता समस्यामा कठोर भएर लाग्न, ठूला आयोजना छिटै सम्पन्न हुने वातावरण निर्माण गर्न, नयाँ योजना सञ्चालनका लागि तयारी गर्न पनि उनले निर्देशक घिसिङलाई निर्देशन दिए।
 
घिसिङले भने प्रधानमन्त्रीको यसअघिकै निर्देशनपछि प्राधिकरण उपत्यकामा लोडसेडिङ हटाउन लागेको र देशभरि नै लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना ल्याउन लागिएको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell