PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

सुदूरपश्चिमका ६ नगरपालिकालाई दमकल



पहिलोपोस्ट

बैतडी : सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बैतडीका पाटन नगरपालिकालगायत सुदूरपश्चिमका जिल्लाका ६ वटा नगरपालिकालार्ई दमकल उपलब्ध गराउने भएको छ।
 
स्थानीयवासीको मागअनुसार र सरकारले नगरपालिकाको पूर्वाधार विकासका लागि भन्दै दमकल खरिदका लागि मन्त्रालयले प्रत्येक नगरपालिकालाई रु ६० लाखका दरले रकम उपलब्ध गराएको हो।
 
मन्त्रालयले बैतडीको पाटन नगरपालिका लगायत डडेल्धुराको परशुराम, कैलालीको अत्तरिया र घोडाघोडी, कञ्चनपुरको दोधारा–चाँदनी र झलारी–पिपलाडी नगरपालिका गरी सुदूरपश्चिमका छ नगरपालिकामा पनि दमकल खरिद गर्न रकम प्रदान गरिसकेको छ।
 
सरकारले आगलागीबाट बर्सेनि यस क्षेत्रमा ठूलो धनमालको क्षति हुँदै आएको र नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले दमकल खरिद गर्न रकम विनियोजन गरेको पाटन नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिए।
 
'रकम आइसकेकाले खरिद प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ,'  उनले भने, 'मङ्सिर पहिलो हप्तादेखि खरिद प्रक्रिया अगाडि बढ्छ।' फागुन-चैतसम्म दमकल आइपुग्ने उनको भनाइ छ।
 
यसअघि बैतडीमा दशरथचन्द नगरपालिकासँग मात्र एउटा दकमल रहेको थियो। पाटन नगरपालिकामा दमकल आउने भएपछि आगलागीबाट हुने क्षतिको न्यूनीकरण कम गर्न सकिने कार्यकारी अधिकृत ओडले बताए।
 
आगामी असार मसान्तभित्र दमकल खरिद गरी सक्ने गरी सुदूरपश्चिमका ६ नगरपालिका गरी देशैभरिमा ३३ वटा नगरपालिकालाई रकम उपलब्ध गराएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell