PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

घाँस काट्न जाँदा जङ्गली हात्तीको आक्रमण : एकको मृत्यु, अर्का घाइते



पहिलोपोस्ट

सुरुङ्गा (झापा) : जङ्गली हात्तीको आक्रमणबाट झापामा आज एक व्यक्तिको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्।
 
मृत्यु हुनेमा बाहुनडाँगी–२ निवासी ६० वर्षीय मनहरि ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
 
बिहान घर नजिकै घाँस काट्न जाने क्रममा चिया बगानमा उनलाई जङ्गली हात्तीले आक्रमण गरेको थियो। सो हात्तीको आक्रमणबाट उनीसँगै घाँस काट्न गएका सोही ठाउँका ६२ वर्षीय लम्बबहादुर प्रधान घाइते भएका छन्।
 
आक्रमणबाट उनको दाहिने हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell