PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

सुजातालाई क्यान्सर : थप उपचारका लागि सिंगापुरको सेन्ट पिटर्सवर्ग जाँदै



पहिलोपोस्ट

सुजातालाई क्यान्सर : थप उपचारका लागि सिंगापुरको सेन्ट पिटर्सवर्ग जाँदै

काठमाडौं : कांग्रेस नेतृ सुजाता कोइरालाई ब्रेस्ट क्यान्सरको पुष्टि भएको छ।
 
डाक्टरले पारिवारलाई दिएको जानकारी अनुसार कोइराला ब्रेस्ट क्यान्सरको ‘फस्ट स्टेज’ रहेको पाइएको हो। दुई साताअघि मलेसियामा शल्यक्रिया गराएर घरमै आराम गरिरहेकी कोइरालालाई आइतबार भारतको टाटा मेमोरियल अस्पतालका एक भिजिटर प्रोफेसर (डाक्टर) आएर घरमै भेटेका थिए।
 
ती डाक्टरले भेटेयता सुजातासँग परिवारका सदस्य बाहेक अन्यलाई भेटघाट गर्न दिइएको छैन। उनलाई थप 'इन्फेक्सन'को सम्भावना हुने भन्दै भारतीय डाक्टरले अन्यलाई भेटघाटमा प्रतिबन्ध लगाएको पारिवारिक स्रोतले जनाएको छ।
 
'क्यान्सर सुरु भएको एक महिना मात्र भएको भनिएको छ,’ परिवारका ती सदस्यले भने, ‘अब हामी फलोअपका लागि सिंगापुर जाँदैछौं, हेरौं किमो दिनु पर्ने/नपर्ने विषय त्यहीँ गएपछि मात्र थाहा हुन्छ।’ उनले पहिलो चरणमा नै थाहा भएकाले उपचार सहज हुने डाक्टरले बताएको जानकारी दिए।
 

सेन्ट पिटर्सवर्ग लगिँदै

कोइरालालाई थप उपचारका लागि आगामी आइतबार सिंगापुरको सेन्ट पिटर्सवर्ग अस्पताल लगिँदैछ। जहाँ उनका पिता तथा पूर्वप्रधानन्त्री गिरिजाप्रसाद कोइरालाको पनि उपचार भएको थियो।
 
क्यान्सरबाटै प्रभावित भएका गिरिजाप्रसाद सेन्ट पिटर्सवर्गबाट फर्कँदा स्वस्थ भएको बताएका थिए। त्यति बेला सुजाताले नै त्यो अस्पतालमा लैजाने निर्णय गरेकी थिइन्।
 
त्यही अस्पतालमा उपचारका क्रममा तत्कालीन एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल भेटका लागि सिंगापुर पुगेका थिए। त्यही भेटमा सहमति भएको भन्दै नेपालका केही पत्रिकामा सहमतिको पेपर सार्वजनिक भएको थियो। त्यो पेपर भने पछिसम्म पनि पुष्टि हुन सकेको छैन।
 
सेन्ट पिटर्सवर्ग अस्पताल सुविधासम्पन्न अस्पताल मात्र नभएर सामुद्रिक किनारामा समेत रहेकाले वातावरणीय दृष्टिकोणले पनि त्यहाँ उपचार गर्न मानिसहरु पुग्ने गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell