PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

अंगीकृत नागरिकबारे कुनै सहमति भएको छैन : मन्त्री नायक



पहिलोपोस्ट

अंगीकृत नागरिकबारे कुनै सहमति भएको छैन : मन्त्री नायक

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले संविधान संशोधनका लागि सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनरत पक्षबीच छलफल भइरहेको बताएका छन्।

आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले विवादित विषयमा साझा मिलनविन्दु खोज्ने प्रयास भइरहेको जानकारी दिए। ‘पहिलो कुरा सहमतिको धरातल हामी सबैले मिलेर निर्माण गर्नुपर्छ,’ उनले भने, 'मुलुकलाई निकास दिनको लागि सबै पक्ष गम्भीर बनेर प्रस्तुत हुन जरुरी छ।'
 
अल्पसङ्ख्यक, महिला, आदिवासी जनजातिको माग सम्बोधन गरेर संविधान संशोधनका लागि साझा मिलन विन्दु खोज्नुपर्ने उनको भनाइ थियो ।

अङ्गीकृत नागरिकता प्राप्त गरेकालाई राष्ट्रपति र प्रधानमन्त्री जस्ता कार्यकारी पद दिने विषयमा सरकारले सहमति नगरेको उनले स्पष्ट पारे।चार विवादित विषयहरु प्रदेशको सीमांकन, नागरिकता, भाषा र राष्ट्रिय सभाको प्रतिनिधित्वमा राष्ट्रिय सहमति जुटाएर संविधान संशोधनको प्रस्ताव छिट्टै संसदमा पेश गर्ने उनको भनाइ छ। ‘सबैले राष्ट्रिय सहमति जुटाउनको लागि प्रयास गर्नुपर्छ, कसैले पनि भाँडभैलो मच्चाउने काम वा आन्तरिक चलखेल गर्ने काम गर्नुहुँदैन,’ मन्त्री नायकले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell