PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

अमेरिकी राजदूतसँग एमाले नेता नेपालले भने- 'संविधान संशोधनका मुद्दा उचित छैनन्'



पहिलोपोस्ट

अमेरिकी राजदूतसँग एमाले नेता नेपालले भने- 'संविधान संशोधनका मुद्दा उचित छैनन्'

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि अमेरिकाकी राजदूत अलाइना टेप्लिजबीच भेटवार्ता भएको छ।
 
सो भेटमा वैदेशिक मामिला विभाग प्रमुख समेत रहेका नेपालले अमेरिकाका तर्फबाट नेपाललाई हुँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए। नयाँ संविधान बनेपछि सिर्जित स्थायित्वको परिवेशमा थप सहयोग र लगानीलाई आफ्नो मुलुकले स्वागत गर्ने उनको भनाइ थियो।
 
संविधान संशोधनका बारेमा राजदूत टेप्लिजले राखेको जिज्ञासामा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले मधेसी दलहरुको मागअनुसार यसअघि संविधानका दुई धारामा संशोधन भइसकेको उल्लेख गर्दै यति छोटो अवधिमा बिनाकारण छिटो छिटो संविधान संशोधन गर्ने अभ्यास कतै नरहेको धारणा राखेका थिए। संविधान संशोधनका लागि उठाइएका मुद्दाहरु उचित नरहेका कारण त्यसमा सहमति हुन नसक्ने उनको भनाइ थियो।
 
राजदूत टेप्लिजले नेपालको विकास र प्रगतिमा आफ्नो मुलुक साझेदार रहेको भन्दै नेपालको आर्थिक विकास, राजनीतिक स्थिरता र सुशासनका लागि सदैव सहकार्य गर्ने प्रतिबद्धता जनाइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell