PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

नेपाली सेनाले दियो धरहरा निर्माणका लागि ६ करोड १७ लाख



पहिलोपोस्ट

नेपाली सेनाले दियो धरहरा निर्माणका लागि ६ करोड १७ लाख

काठमाडौं : धरहरा निर्माणका लागि नेपाली सेनाले ६ करोड १७ लाख १३ हजार ७८३ को सहयोग गरेको छ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रको गौरवका रुपमा रहने धरहरा निर्माणका लागि सेनाले आज चेक हस्तान्तरण गरेको हो।
 
प्रधानमन्त्री कार्यालयमा आयोजित समारोहमा प्रधानसेनापति राजेन्द्र छत्रीले धरहरा निर्माणका लागि सकल दर्जाको तर्फबाट सङ्कलन गरिएको उक्त रकमको चेक हस्तान्तरण गरे।
 
२०७२ बैसाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर आएको भूकम्पबाट काठमाडौंमा रहेको नौतले धरहरा पनि भत्किएको थियो।
 
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले राष्ट्रको गौरवका रुपमा रहेको ऐतिहासिक धरहरा निर्माणमा सबै मुलुकवासीको सहभागिता रहोस् भनी ‘मेरो धरहरा म आफैं बनाउँछु’ भन्ने नारा दिई निर्माणमा सहयोग गर्न आह्वान गरेको थियो।
 
धरहरा निर्माणका लागि सहयोगस्वरुप हालसम्म रु ३ करोड रकम जम्मा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ। धरहरालाई पुरानो पहिचान खुल्ने गरी आधुनिक ढङ्गबाट निर्माण गरिने धरहरा ११ तलाको हुनेछ।
 
हालको टक्सार विभाग र गोश्वारा हुलाकको जग्गालाई समेटेर ४२ रोपनी जग्गामा धरहरा निर्माण गर्ने निर्णय सरकारबाट भइसकेको छ। २४५ फिट अग्लो हुने भनिएको धरहरा निर्माण थालनी भएको ३ वर्षमा पूरा हुनेछ। ८ रिक्टर स्केलको भूकम्प थेग्ने उक्त धरहरा निर्माणका लागि करिब रु ३ अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell