PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

संसारमै नभएको अभ्यास गर्न खोजिए पार्टीले अस्वीकार गर्छ : एमाले महासचिव पोखरेल



रासस

संसारमै नभएको अभ्यास गर्न खोजिए पार्टीले अस्वीकार गर्छ : एमाले महासचिव पोखरेल

खोटाङ : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउन नहुने बताएका छन्।
 
प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले अङ्गीकृत नागरिकलाई १० वर्षपछि राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाउँदा राष्ट्र हितविपरीत हुने दाबी गरे। अङ्गीकृत नागरिकलाई राष्ट्र प्रमुख वा कार्यकारी प्रमुख बनाएर नेपालका वास्तविक नागरिकको अधिकारलाई कुण्ठित गर्न नहुने उनको भनाइ थियो। 'संसारमा हुँदै नभएको अभ्यास नेपालमा सम्भव छैन,' उनले भने, 'लागू गर्न खोजिए पार्टीले अस्वीकार गर्छ।'
 
नेपालमा निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको भन्दै उनले निर्वाचन प्रक्रिया असफल भए संविधान र राजनीतिक दलको भूमिका निष्प्रभावी हुने चिन्ता व्यक्त गरे।
 
महासचिव पोखरेलले संविधान संशोधन गर्न सकिने दस्तावेज भए पनि संशोधनका विषयवस्तु औपचारिक रुपमा नल्याइएको प्रस्ट पारे। 'संशोधन गर्नुपर्ने विषयलाई सत्तागठबन्धन दलले छलफल गरेर स्पष्टसँग प्रस्तावमा ल्याउनुपर्छ,' उनले भने।
 
अख्तियार प्रमुख लोकमान प्रसंगमा भने उनले असावधानीपूर्वक नियुक्ति गरिएको धारणा राखे। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका बेलामा सरकारले सुरक्षाको नाममा देखाएको भक्तिभाव अशोभनीय रहेको उनो टिप्पणी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell