PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

​फ्रेन्च लिग वनमा लिग लिडर नाइसको पहिलो हार



पहिलोपोस्ट

​फ्रेन्च लिग वनमा लिग लिडर नाइसको पहिलो हार

लिग लिडर नाइसले फ्रेन्च लिग वनमा पहिलो हार बेहोरेको छ। लिग वन अन्तर्गत गएराति भएको खेलमा नाइस साएनसँग १-० ले पराजित भएको हो। 

पराजयसँगै लिग वनमा नाइसको ११ खेलको अपराजित यात्रा टुङ्गिएको छ।

मारियो बालोटोलीको आगमनसँगै नाइसले यस सिजन शानदार प्रदर्शन गरिरहेको थियोे। तर साएनविरुद्धको खेलमा पेनाल्टीबाट गोल बेहोर्दै नाइस पराजित भएको हो।

साएनलाई जिताउन निर्णायक गोल ४२ औं मिनेटमा इभान सान्टीनीले पेनाल्टीमार्फत गरे। हारका बाबजुत पनि १२ खेलबाट २९ अंक जोडेको नाइस शीर्ष स्थानमा छ। 

गएराति नै भएको खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेनले रेन्सलाई ४-० ले पराजित गरेको छ। पेरिसका लागि एडिनसन काभानी एड्रिएन राविएट र मार्को भेराट्टीले १/१ गोल गरे। रेन्सका जेल्सन फर्नान्डेजले एक आत्मघाती गोल गरे।

जितपछि १२ खेलबाट २६ अंक जोडेको पेरिस सेन्ट जर्मेन तेस्रो स्थानमा छ। समान अंक रहेको मोनाको गोल भिन्तामा दोस्रो स्थानमा छ।  १२ औं चरणको खेलमा मोनाकोले नान्सीलाई ६-० ले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell