PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

​इटालियन सिरी ए : युभेन्ट्सको अग्रता कायमै, रोमा र मिलान पछिपछि



पहिलोपोस्ट

​इटालियन सिरी ए : युभेन्ट्सको अग्रता कायमै, रोमा र मिलान पछिपछि

इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा शीर्ष टोलीहरुले जित हासिल गरेका छन्। शीर्ष ३ स्थानमा रहेको युभेन्ट्स, रोमा र एसी मिलानले जित हात पारेका हुन्। 

टोरिनो क्लब युभेन्ट्सले चिएभो भेरोनालाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा यथावत छ। 'ओल्ड लेडी'को जितमा मारियो मान्डुकिच र मिरालेम पिजानिकले १/१ गोल गरे। चिएभो भेरोनाका लागि सर्जियो पेलिसेरले एक गोल फर्काए।

यस्तै मोहमद सलाहले ह्याट्रिक गरेपछि रोमा बोलोग्नलाई ३-० ले हराउँदै दोस्रो स्थानमा कायम छ। 

अर्को खेलमा एसि मिलानले पालेर्मोलाई २-१ ले हरायो। मिलानको जितमा सुसो र जियानलुका लापाडुलाले १/१ गोल गरे। पालेर्मोका लागि एलिजा नेस्टोरोस्कीले गोल गरे। जारी सिजन मिलानको यो आठौं जित हो। 

१२ औं चरणको खेल समाप्तीपछि ३० अंक जोको युभेन्ट्स शीर्ष स्थानमा छ। २६ अंक जोडेको रोमा दोस्रो तथा मिलान २५ अंक सहित तेस्रो स्थानमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell