PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

महाधिवेशन नजिकिँदै गर्दा तरुण दलमा विवाद, स्थगित नगरे समानान्तर महाधिवेशनको चेतावनी



पहिलोपोस्ट

भक्तपुर : नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले तरुण दललाई आफ्नो मुठ्ठीमा राखेर कब्जा गर्ने उद्देश्यले एकतर्फी ढङ्गले महाधिवेशन गर्न लागेको आरोप लगाएका छन्।
 
आज भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले तत्कालीन पार्टी केन्द्रीय समितिले गरेको निर्णय विपरीत हुन लागेको महाधिवेशन तत्काल स्थगित नगरे समानान्तर महाधिवेशन गर्ने चेतावनी दिए।
 
'पार्टी नेतृत्वले एकतर्फी ढङ्गले सदस्यता वितरण गरेर तरुण दलको महाधिवेशन गराउन खोजेको छ, यसलाई तत्काल स्थगित नगरे पोखरामै अर्को महाधिवेशन गरेर तरुण दलको समानान्तर केन्द्रीय समिति बनाउँछौँ,' उनले भने।
 
जर्बजस्ती गरिने महाधिवेशनले सिङ्गो पार्टी, यसका भ्रातृ सङ्गठनलाई कमजोर बनाउने बताउँदै कायस्थले यसले स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचनमा समेत नराम्रो असर पुर्‍याउने खतरा पनि औँल्याए।

कार्यक्रममा केन्द्रीय सदस्य एवम् विधान तथा प्रचारप्रसार समितिका संयोजक मेदनी सिटौला, केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, टेकराज पौडेलले एकलौटी रुपमा अधिवेशन गर्न खोजिएको आरोप लगाएका छन्। विभिन्न जिल्लामा रहेको विवाद मिलाएर मात्र महाधिवेशन गर्नुपर्ने उनीहरुको भनाइ थियो।
 
महाधिवेशन यही कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा हुने तय भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell